Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकको पाँच प्रतिशत लाभांश

नेपाल एसबीआई बैंकको पाँच प्रतिशत लाभांश


काठमाडौं । नेपाल एसबीआई बैंकले पाँच दशमलव ३१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी नौ अर्ब ४९ करोड ३५ लाख ७७ हजार आठ सय ८७ रुपैयाँमध्येबाट तीन दशमलव ५० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलव ८१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्वन्धी सञ्चालक समितिको यही मंसिर सात गते सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया