Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लाइफको ११औँ वार्षिक साधारणसभा

गुराँस लाइफको ११औँ वार्षिक साधारणसभा


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, राजभवन, तीनकुने, काठमाडौँमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम हाल कायम चुक्ता पुँजी एक अर्ब ९७ करोड ८५ लाख ८४ हजार छ सय रुपैयाँमध्येबाट पाँच दशमलव ५० प्रतिशतले हुनआउने १० करोड ८६ लाख ६५ हजार चार सय रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने र सोमा लाग्ने करबापत शून्य दशमलव २८ प्रतिशत अर्थात् ५७ लाख १९ हजार दुई सय ३१ रुपैयाँ ५७ रुपैसाबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गर्दा हुनआउने दशमलवपछिको अंक सेयर र पहिला यथावत कायम रहेको दशमलवपछिको अंक सेयर समेत थप गर्दा १ कित्ता सेयर दिन सकिने भएमा सो दिई बाँकी रहन आउने दशमलवपछिको अंक सेयरलाई यथावत राख्ने प्रस्ताव समेत पारित गरेको छ ।

बोनस सेयर जारीपश्चात् वृद्धि हुनआउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोहीअनुरूप वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सोबमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया