Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनआईसी एसिया बैंकले पायो आईएसओ २७००१ः२०१३ प्रमाणपत्र

एनआईसी एसिया बैंकले पायो आईएसओ २७००१ः२०१३ प्रमाणपत्र


काठमाडौं । एनआईसी एसिया बैंकलाई पायो आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाएको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैंकले अन्तर्राष्ट्रियस्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं आईएसओबाट मान्यताप्राप्त आईएसओ २७००१ः२०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको हो ।

आईएसओ २७००१ मापदण्डको आवश्यकताअनुसार बैंकले आफ्ना ग्राहकहरूको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरूको सुरक्षणको सुनिश्चितता देखाएबापत बैंकलाई क्वालिटी अष्ट्रेलियासँग आबद्ध सर्टिफिकेट एन्ड इन्फरमेसन सेक्युरिटी सर्भिसेज (जीएबीएच)ले यस प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो । यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रूपमा ग्राहक महानुभावहरूको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ । यस अवसरमा बैंकको तर्फबाट सर्टिफिकेट एन्ड इन्फरमेसन सेक्युरिटी सर्भिसेज (जीएबीएच)प्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ ।

बैंकलाई हाल मुलुकभर रहेका तीन सय ५८ शाखा कार्यालयहरू, चार सय ७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ । २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकहरूमाझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया