Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक दुई हजार सात सय ३१ दशमलव ७८ बिन्दुमा

बजार परिसूचक दुई हजार सात सय ३१ दशमलव ७८ बिन्दुमा

सातामा २० अर्ब ४५ करोड ९५ लाख ९२ हजार रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार सात सय ३१ दशमलव ७८ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १५ दशमलव ६४ बिन्दुमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ६१ हजार सात सय ७३ पटकको कारोबारमा तीन करोड ७८ लाख ४० हजार एक ४६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २० अर्ब ४५ करोड ९५ लाख ९२ हजार एक सय ८४ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै आठ अर्ब रुपैयाँले कम हो ।

गत भने साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ३७ हजार चार सय ७६ पटकको कारोबारमा चार करोड ७९ लाख ७१ हजार एक ९२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २८ अर्ब ३८ लाख ३५ हजार आठ सय ७५ रुपैयाँ पुगेको थियो । यस साता नेप्से पाँच कार्य दिन नै खुलेकोमा पहिलो, तेस्रो र पाँचौँ कार्यदिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो र चौथो कार्यदिन सेयर बजार परिसूचक उकालो लागेको थियो ।

जसमध्ये पहिलो दिन बजार परिसूचक ११ दशमलव छ अंकले ओरालो लागेर दुई हजार सात सय ५७ दशमलव ५३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने तीन दशमलव ७५ अंंकले ओरालो लागेर पाँच सय १८ दशमलव २५ बिन्दुमा झरेकोे थियो । दोस्रो दिन भने बजार परिसूचक सात दशमलव नौ अंकले उकालो लागेर दुई हजार सात सय ६५ दशमलव ४३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २१ अंंकले उकालो लागेर पाँच सय १९ दशमलव ४६ बिन्दुमा चढेकोे थियो ।

तेस्रो दिन भने बजार परिसूचक पुन ३२ दशमलव ३१ अंकले ओरालो लागेर दुई हजार सात सय ३३ दशमलव १२ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९८ अंंकले ओरालो लागेर पाँच सय १५ दशमलव ४८ बिन्दुमा झरेको थियो । चौथो दिन भने बजार परिसूचक एक दशमलव ८९ अंकले उकालो लागेर दुई हजार सात सय ३५ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २९ अंंकले ओरालो लागेर पाँच सय २५ दशमलव ४४ बिन्दुमा झरेको थियो । पाँचौँ दिन भने बजार परिसूचक तीन दशमलव २२ अंकले ओरालो लागेर दुई हजार सात सय ३१ दशमलव ७८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ४५ बिन्दुले उकालो लागेर पाँच सय १५ दशमलव ६४ बिन्दुमा चढेको थियो ।

Open photo

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल टेलिकम, नबिल, बैंक, महालक्ष्मी विकास बैंक, नेसनल हाइड्रोपावर कम्पनी अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया