Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पछिको पहिलो दिनको सेयर कारोवार रातै

मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पछिको पहिलो दिनको सेयर कारोवार रातै


काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पछिको सेयर बजार परिसुचक रातै देखिएको छ । सेयर बजार परिसुचक आज ८० दसमलव २९ अंकले ओरालो लागेर २६ सय ५१ दसमलव ४९ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज १४ दसमलव १९ बिन्दुले ओरालो लागेर पाँच सय एक दसमलव ४५ बिन्दुमा झरेको छ । यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ७० हजार आठ सय ४२ पटकको कारोवारमा एक करोड १९ लाख तीन हजार दुई सय दुई कित्ता सेयर खरिद बिक्री भएका छन् ।

सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोवार रकम पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ पुगेको छ । आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया