Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी जनरल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

लुम्बिनी जनरल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने


काठमाडौं, माघ १९
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १० दशमलव २३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ८८ करोड रुपैयाँ मध्येबाट नौ दशमलव ७५ प्रतिशतले हुन आउने आठ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४८ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणका सम्वन्धमा सञ्चालक समितीको आइतबार बसेको दुई सय दुई औं बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितीको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया