नबिल बैंकद्वारा कालिकोटको पलाँतामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
काठमाडौं । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।
पलाँता गाउँपालिकामा नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाकोतर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।
उक्त साझेदारीमार्फत गाँउपालिकाहरूले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले नबिल बैंकको दिगो बैंकिङले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे । कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको सम्बन्धमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले प्रकाश पारेका थिए ।
अन्तरक्रियाको दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो । कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरू साथै अन्य गाउँपालिकावासीहरूको उल्लेख्य उपस्थिति थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया