Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी विकास बैंकको थप पाँच नयाँ शाखा उद्घाटन

लुम्बिनी विकास बैंकको थप पाँच नयाँ शाखा उद्घाटन


काठमाडौं  । लुम्बिनी विकास बैंक लिमिटेडले एकै साथ पाँचवटा शाखा विस्तार गरेको छ । बैंकका अनुसार देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरूलाई बैंकिङ सेवा पु-याउने उद्देश्यले आइतबारदेखि थप पाँच शाखाहरूको उद्घाटन गरिएको हो ।

नयाँ खोलिएका शाखाहरूमा ७३औँ शाखाको रूपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोकस्थित नयाँबानेश्वर शाखा काठमाडौं, ७४औँ शाखाको रूपमा रूपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ०५ स्थित मणिग्राम शाखा रूपन्देही, ७५औँ शाखाको रूपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४, बर्दघाट शाखा नवलपरासी, ७६औँ शाखाको रूपमा दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ वीपी चोकस्थित घोराही शाखा दाङ र ७७औ शाखाको रूपमाबाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ साझाचोकस्थित कोहलपुर शाखा रहेका छन् ।

बैंकको नयाँ बानेश्वर शाखाको उद्घाटन विकास बैंकका सञ्चालकहरू चिन्तामणि भट्टराई र अञ्जु कुमारी गुप्ताले सयुंक्त रूपमा गरेका हुुन् भने बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उपप्रमुख मायादेवी पौडेल र बैंकका सञ्चालक केशव खतिवडाले सयुंक्तरूपमा गरेका हुुन् । मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्तरूपमा गरेका हुुन् ।

घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरू प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्तरूपमा गरको हुुन् । साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले सयुंक्तरूपमा गरेका हुुन् ।

हाल बैंकले सातवटै प्रदेशमा ७७ वटा शाखाहरूमार्फत ७७ अर्बको व्यवसाय गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया