Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ सम्पन्न

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ सम्पन्न


काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण २०७८ शनिबार होटेल याक एन्ड यतीमा सम्पन्न गरेको छ ।

हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ अन्तर्गत देशभरि रहेका ३१ हजार अभिकर्ताहरूमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्यसम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल दुई सय ७९ जना सिटिजन लिडरहरू, उत्कृष्ट पाँच सिनियर एजेन्सी मेनेजर, एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा चार सय सक्रिय सिटिजन लिडरहरूको उपस्थिति थियो । कम्पनीका अध्यक्ष प्रदिपजङ पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरूको समुपस्थितिमा कार्यक्रम भव्य र सव्य रूपमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा मुख्य अतिथिका रूपमा डा. सन्दुक रुइतको उपस्थिति थियो । आफ्नो जीवनका भोगाइहरू व्यक्त गर्दै उनले आफूले मनदेखि चाहेको खण्डमा केही कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिँदै अझै उत्कृष्ट कार्यसम्पादन गर्न सबै उपस्थित लिडरहरूलाई प्रेरित गरे । सिटिजन लिडरहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस पेसालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरूलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउँदै यस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । उनले आगामी दिनहरूमा बीमामा आबद्ध भई उच्च सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरूलाई प्रेरित गरे ।

समापनको अवसरमा अध्यक्ष पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु-याउन प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयोग पु-याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरू ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवं नवीनतम जीवन बीमा योजना र व्यावसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरूसहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया