Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली


काठमाडौँ ।  सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ७२ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार भने ३२ दसमलव २२ अंकले उकालो लागेर २५ सय ४६ दसमलव आठ बिन्दुमा चढेको छ ।

‘क’  बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ६३ अंकले उकालो लागेर चार सय ८० दसमलव ९७ बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुुई सय २७ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन ।

जसबाट ६९ हजार आठ सय ८८ पटकको कारोवारमा ९४ लाख ७१ हजार तीन सय ११ कित्ता सेयर खरिद बिक्री भएकाछन । सोही खरिद बिक्रीका आधारमा आज कुुल सेयर कारोवार रकम चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक उकालो लाग्दा सेयर बजार पुरै हरियो देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया