Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनसीसी बैंकको २२औं वार्षिक साधारणसभा

एनसीसी बैंकको २२औं वार्षिक साधारणसभा


काठमाडौं, माघ १९
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शुक्रबार सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभाबाट पारित १५ प्रतिशत बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी नौ अर्ब ३५ करोड ३९ लाख १६ हजार पुग्ने भएको छ ।

साथै महिला संचालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण सेयरधनी समूहबाट, दोस्रो पटक संस्थापक सेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने ब्यवस्था गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण कार्यका लागि पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/६५ मा ७३ अर्ब ३८ करोड निक्षेप परिचालन गरी ६३ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ साथै उक्त वर्षमा कर तथा बोनस पछि एक अर्ब दुई करोड खुद मुनाफा आर्जन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया