Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु पेबाट घरमै बसेर गंगालाल अस्पतालको टिकट काट्न सकिने

प्रभु पेबाट घरमै बसेर गंगालाल अस्पतालको टिकट काट्न सकिने


काठमाडौं, माघ १९
प्रभु पेबाट अब घरमै बसेर गंगालाल अस्पतालको टिकट काट्न सकिने भएको छ । यसबाट अब अस्पतालको ओपीडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घण्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ । अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपीडी टिकट काट्न सक्नेछन ।

प्रभु पे मोबाइल वालेटमार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात शहिद गंगालाल अस्पतालबाट भएको छ । यो सुरुवात अस्पतालको २४औं वार्षिकोत्सवको अवसर बाट भएको छ । मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्नसक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था अब शहिद गंगालाल अस्पतालबाट पनि सुरु भएको छ । मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेट सँगको सहकार्यमा सुरु गरेको छ ।

अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत अनलाइन टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी ले अस्पतालको २४औं वार्षिकोत्सवको अवसरमा जानकारी दिए । ‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता बिस्तारै कम हुदै जाने तथा मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने भएपछि बिरामीलाई सुबिधा हुने पनि जानकारी दिएका छन’।

अहिले यो सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ। त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटन भित्र प्रवेश गरेपछि शहिद गंगालाल अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया