Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवेस्टर्न युनियनको क्यास उत्सवको बम्पर विजेता घोषणा

वेस्टर्न युनियनको क्यास उत्सवको बम्पर विजेता घोषणा


काठमाडौं । अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेर्स्टन युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्र मार्फत सुश्री मष्तिका नेपाली विक विजेता घोषित भएकी हुन् । उनले वेस्टर्न युनियनको नेपालमा रहेका सातवटा मुख्य एजेन्टमध्ये नबिल बैंकको सब–एजेन्ट मुक्तिनाथ विकास बैंकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख श्री सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्तरूपमा पाँच लाखको चेक हस्तान्तरण गरेका थिए ।

दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज एकदेखि कातिक २५ सम्म लागूू गरिएको थियो । यस योजनामा आठ हप्तासम्म हरेक हप्ता पाँच जना भाग्यशाली विजेताहरूले २० हजार रुपैयाँ पनि जितिसकेका छन्् । नेपालमा रहेका वेस्टर्न युनियनका सातवटा मुख्य एजेन्ट– एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्टमार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया