Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल एस क्यापिटलद्वारा च्याटबोट सेवा सञ्चालन

एनआईबीएल एस क्यापिटलद्वारा च्याटबोट सेवा सञ्चालन


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरूको सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा सञ्चालन गरेको छ । समयअनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरूको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।

यस च्याटबोट सेवाबाट ग्राहकहरूले कम्पनीको सेवाहरूको बारेमा सजिलैसँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थितिबिना नै सेवा लिन सहज हुने कुरामा एनआईबीएल एस क्यापिटल लिमिटेड विश्वस्त रहेको बताएको छ । परिस्कृत सेवा सुविधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकताअनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।

यसअघि कम्पनीले विद्युतीय प्रणाली अनलाइनमार्फत एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजाना)का इकाइहरू खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो सेयर दर्ता गर्ने सेवा समेत सुचारु गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया