Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा गणेश टोल विकास संस्थालाई डस्टबिन सहयोग

महालक्ष्मी विकास बैंकद्वारा गणेश टोल विकास संस्थालाई डस्टबिन सहयोग


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हेटौंडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठूलो डस्टबिन सहयोगस्वरूप प्रदान गरेको छ । बैंकका अनुसार सहिद स्मारक पार्कमा आयोजित एक भव्य कार्यक्रमबीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौंडा ११ काकार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरू गणेश टोल विकाश संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरू, सामाजिक अभियान्ता, स्थानीय उद्योगी, व्यापारी तथा बैंकका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो । यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बोल्दै हेटौंडा ११ का कार्यवाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ–आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफैँ राम्रो हुने र विकासको गति बढ्ने कुरा बताए । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड, डलर कार्ड जारी गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया