Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको दुई नयाँ शाखाका र एउटा एक्स्टेन्सन काउन्टर

लक्ष्मी बैंकको दुई नयाँ शाखाका र एउटा एक्स्टेन्सन काउन्टर


काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखाहरू सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा न.१ को शान्ति चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा न. ५ को उर्लाबारी चोकमा रहेका छन् । साथै, लक्ष्मी बैंकले आफ्नो ९औँ एक्स्टेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा न.८ स्थित सेपुखोलामा स्थापना गरेको छ । यी शाखाहरूमार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु-याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा एक सय ४० शाखा, नौ एक्सटेन्सन काउन्टर र पाँचवटा हस्पिटल सेवा काउन्टर, एक सय ७० वटा एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया