Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा आठ लाख रुपैयाँभन्दा बढी नगद हस्तान्तरण

सिटिजन्स बैंकद्वारा आठ लाख रुपैयाँभन्दा बढी नगद हस्तान्तरण


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आठ लाख रुपैयाँभन्दा बढी नगद हस्तान्तरण गरेको छ । बैंकले लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेलीलाई छ लाख ६५ हजार सात सय ७४ रुपैयाँ ६० पैसा तथा अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निज मृतकका छोरा रामचन्द्र कोरीलाई चार लाख ५४ हजार एक सय २२ रुपैयाँ ५८ पैसा नगद हस्तान्तरण गरेको जानकारी दिएको छ । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यही मंसिर २१ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

लघुवित्त परियोजनामा आबद्ध ऋणीहरूको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजकिरिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दाबी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो । बैंकले दुईवटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त एकाइमार्फत करिब १४ हजार विपन्न महिलाहरूलाई लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २३ वटा एटीएम र एक सय १४ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआईकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकहरूलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया