Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकद्वारा सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई न्यानो कम्बल वितरण

सेञ्चुरी बैंकद्वारा सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई न्यानो कम्बल वितरण


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सीमान्तकृत वर्गका विद्यार्थीहरूको हितको लागि न्यानो कम्बल वितरण गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सीमान्तकृत बालबालिकाहरूलाई उच्च शिक्षा तथा सीपमूलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मि प्रतिष्ठानद्वारा सञ्चालन गरिएको कुमार बलराम स्मृति छात्राबासमा रहेका ४९ जना सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई जाडो मौसमको मध्यनजर गर्दै एक समारोहका बीच न्यानो कम्बल वितरण गरेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक राजेश श्रेष्ठलगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणलगायत विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया