Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेको इन्स्योरेन्सको नवनिर्मित भवनको उद्घाटन

नेको इन्स्योरेन्सको नवनिर्मित भवनको उद्घाटन


काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेको इन्स्योरेन्स कम्पनीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । बुधबार एक समारोहका बीच अध्यक्ष सिलवालले ज्ञानेश्वर, काठमाडौँस्थित नवनिर्मित केन्द्रीय कार्यालय ‘बीमा भवन’को उद्घाटन गरेका हुन् ।

कम्पनीको नवनिर्मित भवन ग्राहकहरूको सेवाको लागि नै निर्माण भएको कम्पनीले जनाएको छ । केन्द्रीय कार्यालय भवनको निर्माण कम्पनीको स्थायित्व र ग्राहकहरूको विश्वासको प्रतिक हो भन्ने कम्पनीको ठम्याइ छ । कम्पनीले आफ्नो नवनिर्मित आधुनिक भवनबाट ग्राहकहरूको सेवामा अझै समर्पित भई लाग्ने र सोहीअनुरूप ग्राहकहरूबाट सदाझैँ सद्भाव एवं विश्वास प्राप्त गरी रहने समेत अपेक्षा गरेको छ ।

Open photo

उद्घाटन समारोहमा बीमा समितिका अध्यक्ष सिलवालले नेको इन्स्योरेन्सको आफ्नो भवन निर्माण हुनु कम्पनीको सबल पक्ष हो भन्दै कम्पनीले ग्राहकहरूको विश्वास जित्न सफल हुने विचार व्यक्त गरे । सो अवसरमा उनले बीमितहरूलाई छिटो छरितो सेवा पु-याउन समेत निर्देशन दिए ।

सो समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेल, कम्पनीका प्रथम प्रमुख कार्यकारी अधिकृत एवं बीमा विज्ञ भोजराज शर्माको समेत उपस्थिति थियो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं व्यवसायी डा. उपेन्द्र महतोले मन्तव्य व्यक्त गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया