Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार२५ सय ४९ बिन्दुमा पुगेर रोकियो सेयर बजार

२५ सय ४९ बिन्दुमा पुगेर रोकियो सेयर बजार


काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहिबार पनि सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ५३ अंकले ओरालो लागेको सेयर बजार परिसुचक आज पाँच दसमलव ८४ अंकले ओरालो लागेर २४ सय ४९ दसमलव ९७ बिन्दुमा पुगेर रोकिएको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव ४३ अंकले उकालो लागेर चार सय ६५ दसमलव २३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट ४१ हजार तीन सय ८९ पटकको कारोवारमा ६२ लाख २३ हजार सात सय ३१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही अनुरुप आज कुल सेयर कारोवार रकम दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार सात सय ९२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने तीन वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया