Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा ग्राहकहरूको प्रशासनिक शुल्क फिर्ता

महालक्ष्मी विकास बैंकद्वारा ग्राहकहरूको प्रशासनिक शुल्क फिर्ता


काठमाडौं, माघ २०
महालक्ष्मी विकास बैंकले ग्राहकहरूको प्रशासनिक शुल्क फिर्ता गरेको छ । बैंकले गुणस्तरीय सेवाप्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने उद्देश्यसहित उद्यमशील कर्जा योजनाअन्तर्गत नियमितरूपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गर्ने ग्राहकहरूलाई प्रशासनिक शुल्क फिर्ता गरेको हो । ग्राहकहरूले नियमितरूपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमानदारिताको कदर स्वरूप बैंकले उक्त शुल्क फिर्ता गरेको हो ।

बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक वर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएका छन् । आगामी दिनहरूमा समेत कर्जाको किस्ता/ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरूलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बैंकले जनाएको छ । बैंकले हाल देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय दुुईवटा शाखा तथा ३५ वटा एटीएमहरूमार्फत सेवा प्रदान गरिरहेको छ भने कुुल ग्राहक संख्या पाँच लाखभन्दा बढी रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया