Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगणपति माइक्रोफाइनान्सको नाफा एक करोड ६६ लाख

गणपति माइक्रोफाइनान्सको नाफा एक करोड ६६ लाख


काठमाडौं, माघ २०
गणपति माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६६ लाख १२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड ५१ लाख ८३ हजार रूपैयाँ रहेको थियो । चुक्तापुँजी १० करोड ३५ लाख रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २८ करोड ८२ लाख ५७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब नौ करोड ८७ लाख ४९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा चार करोड ३७ लाख आठ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४८ लाख ९२ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव ५९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले १७ करोड ३९ लाख नौ हजार रूपैयाँ निक्षेप संकलन गरी ६६ करोड ६९ लाख ११ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड ६७ लाख २७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५० लाख ३८ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव १० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया