चौतारी लघुवित्तको दोस्रो त्रैमासिक नाफा दुुई करोड ६५ लाख
काठमाडौं, माघ २०
चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ६५ लाख ३२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड पाँच लाख १६ हजार रूपैैयाँ रहेको थियो । चुक्तापुँजी १९ करोड ९० लाख २० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ५९ करोड ५१ लाख ८६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ५६ लाख ५० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा सात करोड १५ लाख ७३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७९ लाख ८४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३३ करोड २४ लाख ३० हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ करोड ८० लाख २४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ८२ लाख ४६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५७ लाख ३५ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बैंकिङ प्रणालीमा कसरी बढ्यो आठ खर्ब रुपैयाँ निक्षेप ?
- विदेशी लगानी ‘अटोमेसन प्रणाली’बाट ल्याइने
- तरलता व्यवस्थापन गर्न ३५ अर्ब तान्दै राष्ट्र बैंक
- नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्य हुने
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान
- बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य
- उपनिर्वाचनको मौन अवधि आज रातिदेखि
- त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया