Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकको नाफा २२ प्रतिशतले वृद्धि

प्राइम कमर्सियल बैंकको नाफा २२ प्रतिशतले वृद्धि


काठमाडौं, माघ २०
प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३० करोड सात सात लाख ८७ हजार तीन सय ८४ रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । यो मुुनाफा बैंकको गत आवको सोही अवधिको तुलनामा झण्डै २२ दशमलव ६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब छ करोड आठ लाख ९६ हजार सात सय ९० रूपैयाँ रहेको थियो । चालू आवको दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा भने ८६ करोड ५९ लाख ५९ हजार रूपैयाँ रहेको छ ।

चुक्तापुँजी नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ८० अर्ब ३५ करोड ३५ लाख ३४ हजार नौ सय ६० रूपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ९१ करोड ५४ लाख ४२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । यो निक्षेप तथा कर्जा गत आवको सोही अवधिको तुुलनामा क्रमशः चार दशमलव ३० तथा ११ दशमलव ५४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो निक्षेप ७७ अर्ब चार करोड सात लाख ४३ हजार तीन सय ७४ रूपैयाँ रहेको थियो भने कर्जा रकम ७२ अर्ब ५४ करोड ५४ लाख एक हजार छ सय ३७ रूपैयाँ रहेको थियो ।

चालू आवको दोस्रो त्रैमासमा बैंकले दुुई अर्ब १६ करोड ४६ लाख १० हजार ३६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुुलनामा २२ दशमलव १४ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमाससमा बैंकको खुुद ब्याज आम्दानी एक अर्ब ७७ करोड २२ लाख तीन हजार दुुई सय ३३ रूपैयाँ रहेको थियो । यसैगरी बैंकको निष्क्रिय कर्जामा पनि सुधार आएको छ ।

गत आवको सोही अवधिमा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकमा अहिले यस्तो कर्जाको अनुपात घटेर एक दशमलव ४५ प्रतिशत रहेको छ । यसैबीच प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले प्राइमले जतिसक्दो छिटो कैलाश विकास बैंकसँगको प्राप्ति प्रकृया सम्पन्न गर्ने बताएका छन् ।

बैंकको १६ प्रतिशत बोनस सेयर र कैलाशलाई समेत प्राप्ति गरेपश्चात् चुक्तापुँजी १४ अर्ब रूपैयाँको हाराहारीमा पुग्नेछ । प्रमुुख कार्यकारी अधिकृत मानन्धरणका अनुसार प्राप्तिपश्चात् प्राइमको कुुल निक्षेप एक खर्ब ३० अर्ब रूपैयाँको हाराहारीमा पुुग्नेछ भने कुुल कर्जा रकम एक खर्ब १० अर्ब रूपैयाँको हाराहारीमा पुुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया