Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको नयाँ शाखा धर्मस्थलीमा

प्रभु बैंकको नयाँ शाखा धर्मस्थलीमा


काठमाडौं, माघ २१
प्रभु बैंक लिमिटेडले काठमाडौंको धर्मस्थलीमा पनि शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ०८ स्थित धर्मस्थलीमा आफ्नो दुुई सय सातऔं शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकको धर्मस्थली शाखा कार्यालयको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले गरेका हुुन् ।

कार्यक्रममा प्रमुख अतिथि बोहोराले बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । उनले बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना दिए ।

धर्मस्थली शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा धर्मस्थली शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया