Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको वित्तीय जागरण अभियान

मुक्तिनाथ विकास बैंकको वित्तीय जागरण अभियान


काठमाडौं, माघ २१
मुक्तिनाथ विकास बैंक वित्तीय जागरण अभियानको सुरुवात गरेको छ । बैंकले यही माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ जिल्लाबाट सुरुवात गरेको जानकारी दिएको छ । यसअन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनीस्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष हरि खतिवडाको आतिथ्यमा सम्पन्न भएको हो । त्यसैगरी माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा यस बैंकको धार्के शाखाअन्तर्गतका ग्राहक हरिप्रसाद लोहनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डिल्ली सावित्री माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम अधिकारी प्रमुख अतिथि र अतिथिमा सोही विद्यालयका शिक्षक नरेन्द्रप्रसाद रिजाल रहेका थिए ।

कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरू, उपयुक्त व्यवसाय छनोट, व्यावसायिक योजना, सफल उद्यमीका विशेषताहरू, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरूको प्रकारलगायतको विषयमा वित्तीय चेतनाको अभिवृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा एक सय ७० जना ग्राहकहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बैंकसँग कारोबार गर्ने उत्कृष्ट ग्राहकहरू तथाउत्कृष्ट केन्द्रहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । बैंकले ‘आजकोे आवश्यकता, सबैमा वित्तीय साक्षरता’ भन्ने आशयसहित समुदाय र विद्यालयस्तरीय वित्तीय साक्षरता कार्यक्रम सँगसँगै वित्तीय जागरण कार्यक्रमलाई समेत अभियानकै रूपमा अन्य जिल्लाहरूमा पनि सञ्चालन गर्ने योजना बनाएको छ । बैंकले हाल ४२ जिल्लामा एक सय ३४ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया