Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा छुट

सनराइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा छुट


काठमाडौं माघ २२
सनराइज बैंकका ग्राहकले अन्नपूर्णमा होटलमा छुुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ । सोही क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल अन्नपूर्णसँग सम्झौता गरेको हो । सनराइज बैंक र होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्ण र उक्त होटलले सञ्चालन गर्दै आएको चितवनस्थित जगतपुर लज, तथा पोखरास्थित फिस्टेल लजमा फुुड, बेभरेज र बेकरी आईटममाजस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको डेबिट र क्र्र्रेडिट कार्डमार्पmत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया