Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैैंकले ऋणपत्र जारी गर्ने

नेपाल एसबीआई बैैंकले ऋणपत्र जारी गर्ने


काठमाडौं, माघ २२
नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक हजार रूपैयाँ अंकित मूल्य कायम रहनेगरी दुुई अर्ब ५० करोड रूपैयाँबराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । बैंकका अनुसार यही माघ २८ गतेबाट वार्षिक १० प्रतिशत ब्याजदर कायम रहनेगरी बैंकले १० प्रतिशत नेपाल एसबीआई बैंक ऋणपपत्र २०८६ बिक्री गर्र्न लागेको हो । कुुमारी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको बैंकको ऋणपत्रको बिक्री कार्य छिटोमा यही फागुुन २ गते तथा ढिलोमा फागुुन २८ गते बन्द हुुनेछ । खरिदकर्ताहरूले न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी अर्ब रूपैयाँ रहेको बैंकको जारी पुँजी भने आठ अर्ब ४४ करोड ९२ लाख ५० हजार पाँच सय २३ रूपैयाँ पुुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया