Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान


काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र प्युठान, महादेवपुरी स्वास्थ्य चौकी बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय जाजरकोट गरी थप चार ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले यी विभिन्न अस्पतालहरूलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

अस्पतालहरूमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरूबाट भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, महादेवपुरी स्वास्थ्य चौकी बाँके, बर्दिया जिल्ला अस्पताल र जाजरकोट स्वास्थ्य सेवा कार्यालयका पदाधिकारीहरूलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । साथै सोही कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट स्वर्गद्वारी नगरपालिका भिंग्री, प्युठानस्थित प्राथमिक स्वास्थ्य केन्द्र, राप्ती सोनारी गाउँपालिका वडा नं ९ बाँकेस्थित महादेवपुरी स्वास्थ्य चौकी, गुलरिया नगरपालिका वडा नं ६ स्थित बर्दिया जिल्ला अस्पताल र भेरी नगरपालिका वडा न ३ स्थित स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष्य रूपमा लाभान्वित हुनेछन् ।

बैंकले हाम्रो विकास प्रवद्र्धन कोषमार्फत न्यानो नानी परियोजना २ अन्तर्गत हालसालै लिपानी बिर्ता स्वास्थ्य चौकी– परवानीपुर, हेटौडा अस्पताल– हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी– फापरबारी, चन्द्रनिगाहपुर अस्पताल– चन्द्रनिगाहपुर र इनरुवा अस्पताल– सुनसरीलाई एक एक थान बेबी वार्मर प्रदान गरी पाँचवटा बेबी वार्मर प्रदान गरिसकेको छ ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ ।

बैंकले १३औँ वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको न्यानो नानी परियोजना २ को लागि सहयोग प्रदान गरेको थियो ।

बैंकले हाल एक सय आठ शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया