Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवाकोे शाखा होराइजन चोकमा

कामना सेवाकोे शाखा होराइजन चोकमा


काठमाडौं, माघ २२
कामना सेवा विकास बैंक लिमिटेडले होराइजन चोकमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत बुटवल उपनगरपालिका वडा नं. ११, रूपन्देही जिल्लास्थित होराइजन चोकमा मंगलबार एक सय १८ औ शाखा कार्यालय स्थापना गरी उद्घाटन गरेको हो । होराइजन चोक शाखाको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले संयुक्तरुपमा गरेका हुुन् ।

बैंकले देशका विभिन्न भागहरूमा यी शाखासहित एक सय १८ वटा शाखा कार्यालयहरू तथा ६२ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नेभएको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समयसापेक्षरूपमा आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया