Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग

सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग


काठमाडौं, माघ २२
सेञ्चुरी कमर्सियल बैंकले मन्दिरलाई पानी ट्याङ्की सहयोग गरेको छ । बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केदारेश्वर धामलाई धाममा भ्रमणको लागि आउने भक्तजनको लागि सफापानीे उपलब्ध गराउनको निम्ति एक थान एक हजार लिटरको पानी ट्यांकी सहयोग गरेको हो । साथै बैंकले धामको नियमित सरसफाइको लागि उक्त धाममा आउने भक्तजनबाट सहयोगस्वरूप २० रूपैयाँ दरका पाँच हजार थानको टिकट पनि हस्तान्तरण गरेको छ ।

पानी ट्यांकी र टिकट बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई हस्तान्तरण गरेका हुुन् । केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठूलो शिबलिङ हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा पर्न सफल धाम भएको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरू गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया