Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको १५औँ वार्षिक साधारणसभा

कृषि विकास बैंकको १५औँ वार्षिक साधारणसभा


काठमाडौं । कृषि विकास बैंकले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक साधारणसभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहीबार भर्चुअलरूपमा सम्पन्न गरेको हो ।

बृहत् कार्य सञ्जालद्वारा आफ्ना वस्तु तथा सेवाहरूलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरूमा दुई सय ७९ वटा शाखाहरूबाट आधुनिक बैंकिङ सेवा पु¥याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी अधिकृत पुँजी भएको बैंकको १५औँ वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रमेश कुमार केसीको अध्यक्षतामा सम्पन्न भएको हो । बैंकका करिब तीन लाखको संख्यामा रहेका सेयरधनीहरूलाई उक्त साधारणसभाले उत्साहजनक प्रतिफल स्वरूप २० प्रतिशत बोनस सेयर र कर प्रयोजनबापत एक दशमलव शून्य ५२ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । साथै उक्त साधारणसभामा वक्ताको रूपमा भाग लिएका सेयरधनीहरूले उठाएका जायज जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै सेयरधनीहरूबाट प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भर्चुअल माध्यमबाट भए पनि सेयरधनीहरूको बाक्लो उपस्थिति रहेको उक्त साधारणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्यहरू रमेश दुवाडी, प्रकाश कुमार सन्जेल, सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरागाईँ, डा. इन्दिरा मास्के (श्रेष्ठ)को उपस्थिति रहेको थियो । साधारणसभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया