Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल क्रेडिट एन्ड कमर्स बैंकको २४औँ वार्षिक साधारणसभा

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २४औँ वार्षिक साधारणसभा


काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले २४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा बैंकले बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट आठ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ । सभाबाट पारित आठ प्रतिशत बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुग्ने भएको छ ।

सभाले आर्थिक वर्ष २०७८–०७९को लेखापरीक्षण कार्यका लागि प्रधान एन्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा एक खर्ब १० अर्ब ८० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनसपछि एक अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया