Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको ३७औँ वार्षिक साधारणसभा

नबिल बैंकको ३७औँ वार्षिक साधारणसभा

सञ्चालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल चयन


काठमाडौं । नबिल बैंक लिमिटेडको शुक्रबार नबिल बैंक लिमिटेड, केन्द्रीय कार्यालय, तीनधारा, दरबारमार्ग, काठमाडौँमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा ३७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३ दशमलव ६० प्रतिशत बोनस सेयर र चार दशमलव ४० प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आव २०७७–०७८ मा निजी क्षेत्रका बैंकहरूमध्ये उच्चतम मुनाफा चार अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५ दशमलव १९ प्रतिशत र प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा हासिल गरी आफ्नो वासलात विस्तार गर्दै दुई खर्ब ९१ अर्ब पु¥याएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात् बैंकको पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार सात सय ४५ रुपैयाँ पुगेको छ ।

सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पु-याउन सफल भएकोमा समस्त नबिल परिवार गौरवान्वित रहेको र देशको ठूलोसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा बैंक केन्द्रित रहेको एवं संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको सभाध्यक्ष पौडेलले जनकारी गराए । बैंकले न्यून कार्बन अर्थतन्त्र, दिगो तथा समतामूलक भविष्यको लागि रणनीतिकरूपमा ग्रीन फाइनान्सिङ, क्लाइमेट चेन्ज फाइनान्सिङमा थप लगानी गर्न प्रतिबद्ध रहेको समेत सभाध्यक्षले सभामा जानकारी गराए ।

यसैगरी सभाले आव २०७८–०७९ (२०२१–२२)को लागि बाह्य लेखापरीक्षकहरू श्री एसएआर एसोसिएट्न चार्टड एकाउन्टेन्ट तथा श्री पीजीपीएन एन्ड चार्टड एकाउन्टेन्टलाई संयुक्तरुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ । उक्त सभाले संस्थापक सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकका लागि उदयकृष्ण उपाध्याय र एनबी (इन्टरनेसनल)लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो ।

साथै, शुक्रबार नै बैंक सञ्चालक समितिको पाँच सय ८८औँ बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । पौडेल २०७४ मंसिर १५ देखि बैंक सञ्चालक समिति एनबी (इन्टरेनसनल)लाई प्रतिनिधित्व गर्दै आएकोमा सोही दिन सम्पन्न साधारणसभाबाट संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा एनबी (इन्टरेनसनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका छन् ।

बैंकले स्थापनाकालदेखि हालसम्म १६ अर्बभन्दा बढी रकम त देशको राजस्वमा योगदान गरिसकेको छ । वास्तविक अर्थतन्त्रलाई सहयोग पु-याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरूलाई अझ बलियो बनाउँदै लैजाने हामी प्रतिबद्धता व्यक्त गरेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित हुन सफल भएको छ ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच प्राप्तिसम्बन्धी सम्झौता

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक्विजिसन(प्राप्ति)सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । दुवै बैंकले संयुक्त मर्जर तथा एक्विजिसनसम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिस गरेबमोजिम बिहीबार दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति)सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका हुुन् ।

No description available.

एक्विजिसनसम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए भने र नेपाल बंगलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्रबहादुर थापाको, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर, एक्विजिसन कमिटी बनेको थियो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नको लागि भएको समझदारीपत्रअनुसार नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयरबराबर नबिलको ४३ कित्ता हुनेगरी सेयर आदानप्रदान अनुपात कायम भएको जनाएका छन् । उक्त प्रारम्भिक सेयर आदानप्रदान अनुपात सम्पत्ति दायित्व मूल्यांकन प्रतिवेदनको मूल्यांकनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ। सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट उदयकृष्ण उपाध्यायले हस्ताक्षर गरेका थिए भने नेपाल बंगलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

दुवै बैंकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैंकहरूको दीर्घकालीन रणनीतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन् । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बंगलादेश बैंकलाई प्राप्तिपश्चात् बैंक वाणिज्य बैंकहरूमा सबै सूचकांकहरूमा अग्रणी हुने विश्वास छ । बैंकहरूले प्राप्तिकार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन्।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्तिपश्चात् बैंकको प्राथमिक पुँजी ४३ अर्ब रुपैयाँ, चुक्ता पुँजी २२ अर्ब ५० करोड रुपैयाँ, कर्जा रकम तीन खर्ब र निक्षेप खर्ब तीन खर्ब १४ रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ३० अर्बमाथि हुनेछ । शाखा सञ्जाल तत्कालै दुई सय ३५ पुग्नेछन् । ग्राहक संख्या १६ लाखमाथि हुनेछ । नबिल बैंकले दिगो बैंकिङलाई समेत केन्द्रविन्दुमा राखेर आफ्नो व्यवसायलाई अघि बढाएको छ भने डिजिटल बैंकिङलाई समेत ग्राहकको आवश्यकताअनुरूप अघि बढाउँदै लिएको छ ।

बिहीबार काठमाडौँमा सम्पन्न सो सम्झौतापत्र हस्ताक्षर कार्यक्रममानबिल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित दुवै बैंककासञ्चालक तथा उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहेको दुवै बैंकले जनाएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया