सेञ्चुरी कमर्सियल बैंकको ११औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शुुक्रबार काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
उक्तसभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ सञ्चालन भएको हो । सभाले बैंकको चुक्ता पुँजीको छ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको छ ।
२०७८ असार मसान्तमा कायम चुक्ता पुँजीमा नौ अर्ब तीन करोड ४४ लाख २९ हजार पाँच सय दुई रुपैयाँ ५० पैसामा पाँच दशमलव ७५ प्रतिशतले हुनआउने रकम ५१ करोड ९४ लाख ७९ हजार छ सय ९६ रुपैयाँ ३९ पैसाबराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ३० प्रतिशतले हुनआउने रकम दुर्ई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसाबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७–०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाडलगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारणसभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३ दशमलव ४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशतले हुनेगरी सेयरधनीहको सेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना एक सय २६ शाखा १० वटा एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र एक सय आठ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया