सिभिल बैंकको ११औँ वार्षिक साधारणसभा
काठमाडौं । सिभिल बैंक लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शुक्रबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको पाँच प्रतिशतबराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ ।
साथै सभाले आव २०७८–०७९ को लेखापरीक्षण गर्नको लागि ‘एनबीएसएम एन्ड एसोसियट्स’ लाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक–आपसमा गाभ्ने तथा गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने, हुने वा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानुनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तररुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । करिब पाँच लाखभन्दा बढी ग्राहकहरूलाई एक सय १५ वटा शाखाहरू, १० एक्सटेन्सन काउन्टरहरू तथा ८७ एटीएममार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ९१ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- आगामी आर्थिक वर्षको बजेट र गठबन्धन सरकार
- बलात्कारका घटनामा कस्तो हदम्याद
- पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न विद्यार्थी संगठनहरूको माग
- दोलखाका विद्यार्थीले पाएनन् किताब !
- बाँसबाट उत्पादित वस्तुको आयातमा भन्सार वृद्धि गर्न माग
- कामना सेवा विकास बैंकको ११औँ शाखारहित बैंकिङ सेवा
- काठमाडौंको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसाउन सुरु
- म्याग्दीका ऐतिहासिक देवल र पुरातात्विक सम्पदा ओझेलमा
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया