सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभाले बैंकको चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार एक सय ९५ रुपैयाँमध्येबाट १४ दशमलव २५ प्रतिशतबराबरको एक अर्ब ५६ करोड २१ लाख २७ हजार छ सय ३६ रुपैयाँबराबरको बोनस सेयर तथा शून्य दशमलव ७५ प्रतिशत अर्थात् आठ करोड २२ लाख १७ हजार दुई सय ४४ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्नेलगायतका प्रस्तावहरू पारित गरेको छ ।
विसं २०५९ सालमा स्थापना भएदेखिनै सिद्धार्थ बैंक ग्राहकवर्गको चाहनाबमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ । ग्राहकका लागि नवीनतम प्रविधिमैत्री सेवा विस्तार गर्दै १९ वर्षको सफल यात्रा पूरा गरेको बैंक सम्पूर्ण सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न सधैँ प्रयत्नरत रहेको बैंकले जनाएको छ ।
बढीभन्दा बढी नेपालीमाझ बैंकिङ पहुँच पु-याउने उद्देश्यका साथ बैंकले हालसम्म एक सय ८९ वटा शाखा, दुई सय आठवटा एटीएम, एक सय १४ शाखारहित बैंकिङ, एक हजार आठ सय ९० वटा पीओएसमार्फत देशभरि नै आफ्नो सञ्जाल विस्तार गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया