Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न

हिमालयन बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं  । हिमालयन बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको शुक्रबार सम्पन्न भएको २९औँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीहरूलाई २६ प्र्रतिसत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले २१ दशमलव ३८ प्रतिशत बोनस सेयर र चार दशमलव ६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंकको नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुन लागेको मर्जसम्बन्धी विशेष प्रस्ताव भने साधारणसभाले अस्वीकृत गरेको छ । उपस्थित सेयरधनीमध्ये ७५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव स्वीकृत भएको मानिने व्यवस्था भएकोमा आवश्यक मत नपुगेको कारण अस्वीकृत भएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बैंकका अनुसार विशेष प्रस्तावअन्तर्गत मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत, विपक्षमा ४२ दशमलव २९ प्रतिशत र १४ दशमलव नौ प्रतिशतले मत हालेका थिएनन् । बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा १३ दशमलव २९ प्रतिशतले बढेर एक खर्ब ४९ अर्ब पुगेको तथा कर्जा सापटी २३ दशमलव ८३ प्रतिशतले बढी एक खर्ब ३२ अर्ब पुगेको बैंकले जनाएको छ ।

बैंकले हाल देशभर ७४ शाखा, पाँचवटा विस्तारित काउन्टर, एक सय ४८ एटीएम र पाँच हजारभन्दा बढी पीओएस टर्मिनलहरूबाट बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया