Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार परिसुचक २९ सय ४७ बिन्दुमा

बजार परिसुचक २९ सय ४७ बिन्दुमा


काठमाडौं । शेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन ६९ अंकले उकालो लागेको शेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पुन २० दसमलव ६९ अंकले उकालो लागेर २९ सय ४७ दसमलव ४३ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव सात अंकले उकालो लागेर पाँच सय ४६ दसमलव ३३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत ९६ हजार चार सय आठ पटकको कारोवारमा एक करोड ४४ लाख ७४ हजार सात सय १३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम सात अर्ब ९० करोड १८ लाख ९० हजार छ सय ६८ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी पाँँच वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया