Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंक डिबेन्चर २०८६ को बिक्री खुला

एभरेष्ट बैंक डिबेन्चर २०८६ को बिक्री खुला


काठमाडौं । एभरेष्ट बैंक डिबेन्चर २०८६ को बिक्री खुला भएको छ । बैंकका अनुसार आठ वर्ष अवधि तथा वार्षिक आठ दशमलव पाँच प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुुन आउने दुई अर्ब रुपैयाँबराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १२ लाखकित्ता ऋणपत्रले हुन आउने आउने कुल एक अर्ब २० करोड ऋण पुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात् आठ लाख कित्ता ऋणपत्रले हुनआउने कुल ८० करोड ऋण पुँजी रकम (सोमध्ये पाँच अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिनेछ ।

यो ऋणपत्रको निष्काशन माघ ३ गते अर्थात् सोमबारबाट खुला भई छिटोमा माघ छ गते बन्द हुनेछ । स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंकमा लाखौँ सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँचवटा शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ३८ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया