Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूको गैरआवासीय नेपालीहरूलाई लक्षित निक्षेप खाता

बैंक अफ काठमाण्डूको गैरआवासीय नेपालीहरूलाई लक्षित निक्षेप खाता


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरूको लागि बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्यनजर गर्दै बीओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । विदेशमा बसी आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकहरूलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम प्रतिफल लिन बैंकले अनुरोध गरेको छ ।

गैरआवासीय नेपालीहरूले यस बैंकमा यूएसडी, ईयूआर, जीबीडी, एयूडी, सीएडी तथा जीपीवाई मुद्राहरूमा बैंक खाता खोल्न सक्नेछन् । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरूले अधिकतम पाँच दशमलव पाँच प्रतिशतसम्मको वार्षिक ब्याजदर पाउनेछन् । साथै, गैरआवसीय नेपालीहरूले यस निक्षेप खाता खोलेमा बैंकले विशेष बैंकिङ सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरूले आर्जन गरेको रकमको उच्चतम प्रतिफलका साथै मातृभूमिमा सहज बैंकिङको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया