Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा र अन्तरप्रेरणाको सहकार्यमा ‘इन्टरप्रिनियरसिप डेभलपमेन्ट प्रोग्राम’को सुरुवात

कामना सेवा र अन्तरप्रेरणाको सहकार्यमा ‘इन्टरप्रिनियरसिप डेभलपमेन्ट प्रोग्राम’को सुरुवात


काठमाडौं । कामना सेवा विकास बैंकद्वारा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि ‘इन्टरप्रिनियरसिप डेभलपमेन्ट प्रोग्राम’को सुरुवात गरेको छ । माघ २ देखि ६ गतेसम्म जुम मिटिङमार्फत अनलाइनमा सञ्चालन हुने कार्यक्रममा २५ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुकहरूले भाग लिएको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागीहरूले उद्यम सञ्चालनको प्रक्रियासँगै आधारभूत कानुनी तथा करसम्बन्धी जानकारी प्राप्त गर्नेछन । उनीहरूले समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापनजस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरूको समेत व्यावहारिक ज्ञान र सीप प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो ।

यो कार्यक्रममार्फत व्यवसायको लागि सम्भावित क्षेत्रहरूको पहिचान गरी आफ्नो लागि कुन व्यवसाय उपयुक्त हुन्छ भन्ने थाहा पाउने र व्यवसय सञ्चालनमा मात्र सीमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससँग समेत जोडिएको छ । यसरी व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका साथै कर्जा तथा लगानीका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन सहयोग पु-याउनेछ । यो कार्यक्रमले उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा सानाभन्दा साना सीप र रोजगारी गरी जीवन निर्वाह गरिरहेकाहरूलाई पनि उद्यमी बनाउन एक नयाँ सुरुवात हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया