Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशेयर बजार परिसुचक २९ सय ३६ बिन्दुमा

शेयर बजार परिसुचक २९ सय ३६ बिन्दुमा


काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन २० दसमलव ६९ अंकले उकालो लागेको शेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार भने बजार परिसुचक १० दसमलव ७८ अंकले ओरालो लागेर २९ सय ३६ दसमलव ६६ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन एक दसमलव १० अंकले उकालो लागेर पाँच सय ४७ दसमलव ४६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसअन्तर्गत एक लाख १५ हजार नौ सय ५८ पटकको कारोवारामा एक करोड ६० लाख चार हजार पाँच सय ३० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोवार रकम आठ अर्ब ४४ करोड ३४ लाख १९ हजार पाँच सय ६१ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने नौ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया