Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवाको खुद सञ्चालन आम्दानी एक अर्ब

कामना सेवाको खुद सञ्चालन आम्दानी एक अर्ब


काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धिदरका साथ करिब एक अर्ब खुद सञ्चालन आम्दानी गरेको छ । यो त्रैमासिक सम्ममा (गतवर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भए पनि करपछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने कर्जा ४४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १० दशमलव ६९ प्रतिशत र १० दशमलव ९८ प्रतिशतले बढेको हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२ दशमलव ३२ प्रतिशत कायम गरेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा रहेको छ । बैंकको हालको चुक्ता पुँजी तीन अर्ब १४ करोड र जगेडा कोषमा नौ दशमलव ६७ करोड रहेको छ । साथै निष्क्रिय कर्जा अघिल्लो त्रैमासिकमा एक दशमलव ७९ प्रतिशत रहेकोमा यस त्रैमासिकसम्ममा एक दशमलव ७७ प्रतिशतमा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५ दशमलव ७४, प्रतिसेयर नेटवर्थ एक सय ३३ दशमलव ०२ र आधार दर नौ दशमलव दुई प्रतिशत रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया