उन्नति सहकार्यको सातौँ वार्षिक साधारणसभा
बुटवल । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड भैरहवा रूपन्देहीले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्था सञ्चालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाहको अध्यक्षता र संघीय सांसद तथा संस्थाका संस्थापक अध्यक्ष भरत कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सातौँ वार्षिक साधारणसभाले तीनवटा सामान्य प्रस्ताव र विभिन्न छवटा विशेष प्रस्तावहरू पारित गरेको छ ।
भैरहवामा भएको सभाले तीनवटा विशेष प्रस्तावहरूमा अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७–०७८ सालको वार्षिक प्रतिवेदन, लेखापरीक्षणको प्रतिवेदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिकको विषयमा राखिएको प्रस्तावलाई पारित गरेको छ । त्यसैगरी २०७८ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर स्वीकृत गर्ने, विशेष प्रस्तावको १ नम्बर बमोजिम बोनस सेयर बाँडफाँटबमोजिम सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न आवश्यक एक करोड ७८ लाख ४५ हजार एक सय अठार रुपैयाँ तीन पैसा बराबरको सर्वसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक अफ रिङ्ग) जारी गर्ने, विशेष प्रस्तावको बुँदा नं. १ र २ बमोजिम बोनस सेयर बाँडफाँटपश्चात् तथा थप सार्वजनिक निष्काशन जारीपश्चात् पुँजी वृद्धि गरी जारी तथा चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार सात सय ३६ रूपैयाँ तीन पैसा र ५० करोड रूपैयाँ अधिकृत पुँजी कायम गरी सोहीअनुसार नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निदेशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने, सञ्चालकको भक्ता तथा सुविधा वृद्धि गर्ने, भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा गाभिने प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण काम कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्णरूपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव साताँैै वार्षिक साधारण सभाले पारित गरेको छ ।
संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव नारायण अधिकारीको सञ्चालन र संस्थाका सञ्चालक समिति सदस्य खिलराज मैनालीको स्वागत मन्तव्यसँगै सुरु भएको सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर पाठकले संस्थाको भावी रणनीति र वर्तमान अवस्थाको बारेमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । भावी रणनीतिहरू प्रस्तुत गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत पाठकले संस्थालाई उदाहरणीय लघुवित्त वित्तीय संस्थाको रूपमा विकास गर्न हरसम्भव प्रयासरत रहिरहेको बताए ।
उनले आवश्यक स्थानहरूमा थप शाखा सञ्जालहरू वृद्धि गर्ने, सेवाग्राहीहरूको संख्या वृद्धि, डिजिटल दूर नियन्त्रण तथा अनुगमन प्रणाली परीक्षणस्वरूप केन्द्रीय कार्यालय लगायत, प्रादेशिक कार्यालय र अन्य शाखा कार्यालयहरूमा समेत सीसीटीभी जडान गर्ने, पेपरलेस संस्थाको रूपमा विकास गर्ने, रियल टाइम बेसिसमा कार्यगर्ने व्यवस्थाको लागि क्यूआर कोड, एसएमएस सर्भिस, मोबाइल बैंकिङ, ट्याबलेट रेकर्डिङजस्ता आधुनिक प्रविधियुक्त सेवासुविधाहरूको विकास र विस्तार गर्ने, ग्राहक संरक्षण सिद्धान्तलाई अवलम्बन गर्दे ग्राहक अभिभावकको आर्थिक कारोबारको विषयमा सिधै संस्थाको वेबसाइटमार्फत नायब प्रमुख कार्यकारी अधिकृत र जनशक्ति व्यवस्था विभागसँग सम्पर्क गरी गुनासो राख्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने बताए ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया