Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकका ग्राहकहरूलाई चितवन मिडटाउन रिसोर्टमा छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई चितवन मिडटाउन रिसोर्टमा छुट


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्ट प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिसोर्टका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले चितवन मिडटाउन रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, वा इन्टरनेट बैैंकिङ प्रयोग गरेबापत होटल बसाइ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेयपदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया