Techie IT
×
गृहपृष्ठbreakingशेयर बजार परिसुचक २८ सय ९८ बिन्दुमा

शेयर बजार परिसुचक २८ सय ९८ बिन्दुमा


काठमाडौं । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १० दसमलव ७८ बिन्दुले ओरालो लागेको शेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार पनि ३८ दसमलव ३५ बिन्दुले ओरालो लागेर २८ सय ९८ दसमलव ३१ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ८१ बिन्दुले ओरालो लागेर पाँच सय ३९ दसमलव ६५ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ८४ हजार दुई सय ३३ पटकको कारोवारमा एक करोड १८ लाख ३७ हजार दुई सय १५ कित्ता शेयर किनबेच भएका छन् । सोही आधारमा आज कुल शेयर कारोवार रकम छ अर्ब दुई करोड १३ लाख ११ हजार आठ सय ८१ रुपैयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो देखिएको छ ।


क्याटेगोरी : breaking, वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया