Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल सजिलो एक्सप्रेस कर्जा

नबिल सजिलो एक्सप्रेस कर्जा


काठमाडौं, माघ २३
नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रूपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ । बैंकका अनुसार कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित क्रेडिट स्कोरिङ मोडल कर्जा प्राप्तांकका आधारमा यो योजना आरम्भ गरिएको हो ।

सरल र शीघ्र प्रशोधनसहित अधिकतम १० दशमलव पाँचको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातैवटा प्रदेशमा लैजाने अभियानका क्रममा डिसेम्बर २३ मा बागमती प्रदेशको काठमाडौँमा र जनवरी ३१ मा प्रदेश नं ५ भैरहवाबाट सुभारम्भ गरिएको थियो । यसै क्रममा उक्त नयाँ एसएमई कर्जा प्रदेश नं. १ को इटहरीमा आयोजित एक समारोहका बीच उद्घाटन भएको छ ।

योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरूको अवश्यकताहरूलाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको बताए । साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंकले यूकेएड सक्षम एक्सिस टुु फाइनान्ससँग सहकार्य गरिरहेको छ । साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रूपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ । क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याजदर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया