नेपाल क्लियरिङ हाउसको १०औँ वार्षिक साधारणसभा
काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेडले १० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीको ३८ प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुुँजी ५६ करोड ७६ लाख रुपैयाँ पुुग्नेछ । यसैगरी कम्पनीले बोनस सेयरको कर प्रयोजनका लागि दुई प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले सोही वार्षिक साधारणसभामार्फत दुई जना सञ्चालकहरू निर्विरोधरूपमा चयन गरेको छ । जसअनुसार विकास बैंकहरूको प्रतिनिधिको रूपमा मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र फाइनान्स कम्पनीहरूको प्रतिनिधिको रूपमा रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ निर्विरोधरूपमा सञ्चालकमा चयन भएका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया