Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा न्यानो कपडा वितरण

महालक्ष्मी विकास बैंकद्वारा न्यानो कपडा वितरण


काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिकरूपमा समाजलाई योगदान पु-याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे पालुङ शाखाले थाहा ७ डाँडाबासस्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययारत विपन्न परिवारका ६३ जना छात्र छात्राहरूलाई ज्याकेट वितरण गरेको छ । विद्यालयको प्रांगरणमा आयोजित एक विशेष कार्यक्रमका बीच पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका हुन् ।

जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरूलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय सञ्चालनमा सहयोग पु-याएको बताउदै विद्यालय प्रधानाध्यापक प्रताप सिहगोलेले बैंकले गरेको सहयोगप्रति कृतज्ञता प्रकट गर्नुका साथै किसमको सहयोगले बालबालिकाहरू उत्साहित भएको बताए । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया